Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन पार्टीकाे निर्देशन

    सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन पार्टीकाे निर्देशन


    • बुधवार, जेठ २८ २०७७

    • नेपाल वाइड


    सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन पार्टीकाे निर्देशन

                  समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएपछि उनलाई पार्टीले कारबाहीको चेतावनी दिएको हो । संघीय संसद सचिवालयमा सांसद गिरीले दर्ता गराएको संशोधन प्रस्तावमा निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउन माग गरिएको छ । पार्टीको निर्देशन विना दर्ता गराइएको संशोधन प्रस्ताव तुरुन्त फिर्ता लिन र फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पार्टीका सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई निर्देशन दिएका हुन् ।

    सम्बन्धित समाचार