Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको दिक्तेलस्थित सरस्वती माबिको प्रांगणलाई धुलोरहित बनाईयो

    खोटाङको दिक्तेलस्थित सरस्वती माबिको प्रांगणलाई धुलोरहित बनाईयो


    • बिहिवार, जेठ २९ २०७७

    • नेपाल वाइड


    खोटाङको दिक्तेलस्थित सरस्वती माबिको प्रांगणलाई धुलोरहित बनाईयो

                   खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माबिको प्रांगणलाई धुलोरहित बनाइएको छ । २००९ साल फागुनमा स्थापना गरिएको विद्यालयको प्रांगणमा माछी काँडे ब्लक विछ्याएर धुलोरहित प्रांगण निर्माण गरिएको हो । विद्यालयका भुतपुर्व विद्यार्थी, शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति एबं अभिभावक, विद्यार्थी, उद्योग बाणिज्य संघ लगायतबाट जुटाइएको २१ लाख ६७ हजार ७७० रुपैयाँको लागतमा निर्माण गरिएको धुलोरहित प्रांगण बिहिबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेका छन् ।

    dustyless playground at samavi photo_khotang1.jpg

    विद्यालयको धुले प्राङगणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दा र विद्यार्थी खेल्दा धुलो उँडेर विद्यार्थी र शिक्षकको स्वास्थ्यमा अशर परेकाले धुलोरहित प्रांगण बनाइएको विद्यालयका प्रअ ध्यानबहादुर राईले बताउनुभयो । धुलोरहित प्रांगण निर्माणका लागि बेलायतमा रहेका भुतपुर्व विद्यार्थीबाट ९ लाख ७८ हजार ३२२, शिक्षक तथा कर्मचारीबाट ४ लाख ७८ हजार २७७, विव्यास÷अभिभावक÷भुपु विद्यार्थीबाट ३ लाख १३ हजार ४६५, कृषि (छोटो अवधिको) तालिमबाट बचाइएको ५ लाख, कक्षा ११ र १२ मा अध्ययनरत नियमित तथा आंशिक विद्यार्थीबाट २ लाख १ हजार ७ सय, कक्षा ६ देखि कक्षा १० का विद्यार्थीबाट ८९ हजार ८ सय तथा उद्योग बाणिज्य संघबाट ५० हजार सहयोग जुटाइएको हो । 

                     धुलो रहित खेलमैदान बनाउन २६ लाख ११ हजार ५६४ रुपैयाँ सहयोग प्राप्त भएकोमा ४ लाख ४३ हजार ७९४ रुपैयाँ बचत भएको प्रअ राईले बताउनुभयो । बेलायती सेनामा कार्यरत एबं अवकाश प्राप्त पुर्वविद्यार्थीले सरस्वती माबिको धुलोरहित एसेम्बली मैदान बनाउनका लागि गत पुस ७ गते एकैसाथ ९ लाख ४८ हजार ३२२ रुपैयाँ प्रदान गरेका थिए । धुले मैदानमा ब्लक राखेर किनारामा बगैंचाको संरचना बनाइएपछि विद्यालय आकर्षक देखिएको छ । पठन–पाठन शैली, भौतिक संरचना लगायतका कारण पछिल्लो समय सरस्वती माबि विद्यार्थीको रोजाईमा पर्न थालेको छ । हाल सरस्वती माबिमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

     

    सम्बन्धित समाचार