Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नेपाल फर्कन दुताबासले अनलाईनफारम भर्न आग्रह

    ओमन स्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरुलाई नेपाल फर्काउने तयारी

    ओमन स्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरुलाई नेपाल फर्काउने तयारी


    • शुक्रवार, जेठ ३० २०७७

    • नेपाल वाइड


    ओमन स्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरुलाई नेपाल फर्काउने तयारी

                   

                         ओमन स्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरुलाई नेपाल फर्काउने तयारी गरेको छ । दूतावासले सरकारले तय गरेको दररेट भन्दा सस्तो भाडादरमा विदेशमा अभर परेका नेपालीलाई नेपाल फर्काउने तयारी गरेको हो । नेपाली दूतावास मस्कटले प्रतिव्यक्ति ११५ ओमान रियल तिर्ने गरी नेपाल फर्कने व्यवस्था मिलाएको हो ।

                    सरकारले ओमानबाट स्वदेश फर्कन चाहने नेपालीले ५१० अमेरिकी डलर तिर्ने गरि सूची तयार पारेको थियो । तर ओमान दूतावासले उक्त मूल्यलाई पनि घटाएर नेपालीलाई घर पठाउन लागेको हो । वैदेशिक रोजगारीमा गएकाहरुले त्यति महंगो मूल्य तिरेर फर्किन अप्ठ्यारो हुने देखेपछि दूतावासले त्यसको विकल्प खोजी गरेको थियो ।

                   दूतावासले निकालेको सूची अनुसार जुन १५ मा सलाम एयर मार्फत १८० जना नेपाली ११५ ओमानी रियल (करिव ३६ हजार) तिरेर फर्कदैछन । त्यस लगत्तै २१ जुनमा १८० नेपाली फर्कने छन । ओमानबाट फर्कने नेपाली सबैको पिसिआर परीक्षण गरेर ल्याउने दूतावासले जनाएको छ ।

                  दूतावासले सूचना जारी गर्दै सम्बन्धित सबैलाई आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा परीक्षण गराउन आग्रह गरेको छ । परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी लिन आग्रह गरेको छ । पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूले नेपाल आउदा सिधै घर (होम क्वारेन्टिनमा) जान पाउने पनि दूतावासले जनाएको छ । ओमनमा अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्कन दुताबासले अनलाईनफारम समेत खुलाएको छ ।


    सम्बन्धित समाचार