Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सामसुङले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा बजारमा ल्याउने

    सामसुङले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा बजारमा ल्याउने


    • शुक्रवार, जेठ ३० २०७७

    • नेपाल वाइड


    सामसुङले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा बजारमा ल्याउने

                सामसुङ मोबाईल कम्पनीले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा बजारमा ल्याउने भएको छ । समाचार अनुसार सामसुङले ग्यालेक्सी ए ०१ को नयाँ संस्करण उत्पादनको तयारी गरिरहेको छ । सामसुङले गत डिसेम्बरमा आफ्नो इन्ट्री लेभल स्मार्टफोन ग्यालेक्सी ए ०१ ब्जारमा ल्याएको थियो ।

              यो फोन सामसुङको ए सिरिजको फोनमध्ये सबैभन्दा सस्तो फोन हो र लोकप्रिय समेत बनिरहेको छ । अब चाहीँ सामसुङले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा पेश गर्दैछ । समाचार अनुसार सामसुङले ग्यालेक्सी ए ०१ को नयाँ संस्करण उत्पादनको तयारी गरिरहेको छ ।

            यो फोन विद्यमान ए ०१ भन्दा सस्तो मात्र हुनेछैन यसको ब्याट्री समेत निकाल्न सकिने खालको हुनेछ । स्मरण रहोस् हाल बजारमा आइरहेका नयाँ नयाँ मोडलका स्मार्टफोनहरुमा रिमुभेवल ब्याट्री फिचर निकै दुर्लभ बनेको छ । सामसुङको उक्त नयाँ फोनको नाम ग्यालेक्सी ए ०१ इ हुनसक्ने बताइएको छ । यसमा ३ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहनेछ ।

                एन्ड्रोइड १० अपरेटिङ सिस्टमका साथ आउने उक्त फोनमा १ गिगाबाइट र्याम रहनेछ । यसमा मुख्य क्यामराको हकमा ग्यालेक्सी ए ०१ म जस्तै डुअल सेटअप तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा हुनसक्ने बताइएको छ । एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार