Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल र भारत सीमामा शुक्रवार गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घाइते

    नेपाल र भारत सीमामा शुक्रवार गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घाइते


    • शुक्रवार, जेठ ३० २०७७

    • नेपाल वाइड


    नेपाल र भारत सीमामा शुक्रवार गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घाइते

                   सर्लाही जिल्लास्थित नेपाल र भारत सीमामा शुक्रवार गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घाइते भएका छन । पर्सा गाउँपालिकाको वडा नम्बर–३ नारायणपुरमा रहेको सशस्त्र प्रहरी बलको सीमा निगरानी पोस्टको क्षेत्रमा बिहान ९ बजे अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेकाहरूसँग झडप भएको बताईएको छ ।

                 अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेकाहरूसँग झडप भएको र त्यस क्रममा गोली चलाइएको सर्लाहीका वरिष्ठ प्रहरी उपरीक्षक, एसपी, गंगाराम श्रेष्ठले बताउनुभयो । एसपी श्रेष्ठले भने ‘भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको र त्यसक्रममा भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि हतियार फिर्ता लिने क्रममा १५ राउण्ड गोली प्रहार गरिएको हो’ ।

           घटनाका बारेमा थप जानकारी दिँदै सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले भने, ‘भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको हो । सीमा नाकाहरुमा तैनाथ सुरक्षाकर्मीहरुले तस्करी रोकेकै कारण उनीहरुमाथि आक्रमण भएको देखिएको छ ।’ प्रहरीको हतियार खोसेको भनिएको भारतको बिहारको सितामढी जिल्लाको सोनवर्सा थाना अन्तर्गत लालबन्दी घर भएका एक ४५ वर्षीय पुरुषलाई नेपाली प्रहरीले पक्राउ गरेको छ । भारतको जानकी नगर र नेपालको नारायणपुरको बीचमा अवस्थित सीमा स्तम्भ नम्बर ३१९र२४ मा उक्त हिंसात्मक घटना भएको हो । एसपी श्रेष्ठका अनुसार भारतबाट २०, २५ जनाको समूहलाई सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोस्टले फर्काएको र त्यसको केही बेरमा डेढ सय जनाको टोली आएपछि“ विवाद बढेको हो । सशस्त्रतर्फ घाइते हुनेहरूमा एक हवल्दार र दुई जना प्रहरी जवान रहेको र उनीहरूको सामान्य अवस्थामा उपचार भइरहेको बताइएको छ । उक्त सीमा सुरक्षा चौकीमा नौ जना प्रहरी कार्यरत रहेका थिए । सर्लाहीको पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते केही व्यक्ति भारततिर भागेको बताउनुभयो । स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार घटनास्थल नारायणपुर नेपाल भारतबीच विभिन्न सामानको अवैध ओसारपसार र तस्करीका लागि चर्चित बाटो मानिन्छ । कोरोनाभाइरसको महामारीका कारण देशभर सरकारले लकडाउन लागु गरेको बेला त्यहाँ पनि मानिसहरुको आउजाउ रोक्न सशस्त्र प्रहरीले सुरक्षा तथा निगरानी चौकी स्थापना गरेको थियो । प्रमुख जिल्ला अधिकारी जीसीले भने ‘घटनाका सम्बन्धमा भारतीय समकक्षीसँग संवाद भइरहेको छ । त्यहाँ थप सुरक्षा बल तैनाथ गरिएको छ । भारतीय प्रहरी सीतामढीका एसपी अनिल कुमारले जनाए अनुसार सितामढी जिल्लाको सोनवर्सा थाना अन्तर्गतको पिपरा परसाइ बस्ने एक २५ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनकी छातीमा गोली लागेको बताइएको छ । भारतीय प्रहरी कुमारका अनुशार घटनामा घाइते भएका अन्य दुईजनाको उपचार सितामढी अस्पतालमा भइरहेको छ । उनीहरूको खुट्टामा गोलीको चोट लागेको अधिकारीहरूले बताएका छन । बिबिसिका अनुशार घटनास्थलमा भारतीय सीमा सुरक्षा बल एसएसबी र सीतामढी पुलिसको सख्या बढाईएको छ ।

    सम्बन्धित समाचार