Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कतारबाट नेपाल फर्किने नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावासद्धारा सार्वजनिक

    कतारबाट नेपाल फर्किने नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावासद्धारा सार्वजनिक


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    कतारबाट नेपाल फर्किने नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावासद्धारा सार्वजनिक

                     कतारबाट नेपाल फर्किने नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । कोरोना भाइरसको कारण कतारमै रोकिएका ५ हजार १ सय १२ जना नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन सुचि सार्वजनिक गरेको हो । राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई पहिलो प्राथमिकतामा राखेको छ ।

                दुतवासले श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकालाई पनि प्राथमिकता राखेका छन् । १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरुबाट नेपालीहरु नेपाल जाने छन् । प्राविधिक कारणहरुले उडानको मिति हेरफेर हुन सक्ने उल्लेख छ । हवाई टिकटको मूल्य ४९० अमेरिकी डलर तोकिएको छ । टिकटको मूल्य व्यक्ति स्वयंले व्यहोर्नु पर्ने छ ।

     

                प्राथमिकतामा परेका यात्रुको नामावलीसहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुकोे नामावली प्रकाशित गरिनेछ र हवाइटिकट खरिद गर्न सूचित गरिने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । हवाई उडान गर्नुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ ।

    सम्बन्धित समाचार