शनिवार, जेठ ३१ २०७७
नेपाल वाइड
अमेरीकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २१ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २६ हजार ७७२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख १६ हजार ४२८ पुगेको छ ।कोरोना भाइरसको महामारीले मेरिकामा शनिबार बिहानसम्म १ लाख १६ हजार ८ सय १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८७५ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ८ लाख ३९ हजार ८२२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ५९ हजार ७८७ जनामध्ये १६ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको छ ।
एजेन्सी