Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    (आइओएफटिसी) ले लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप’को आयोजना गर्ने

    (आइओएफटिसी) ले लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप’को आयोजना गर्ने


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    (आइओएफटिसी) ले लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप’को आयोजना गर्ने

        अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) ले लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप’को आयोजना गर्ने भएको छ । कोरोना भाइसरका कारण खेलकूद गतिविधि ठप्प रहेका बेला खेलाडीलाई अवसर दिन तथा केही हदसम्म चलायमान बनाउन जुन २१ देखि प्रतियोगिताको आयोजना गरिएको (आइओएफटिसी) निर्देशक दिवाकर महर्जनले जानकारी दिनुभयो । यसअन्तर्गत यही जुन २१ देखि २७ तारिखसम्म पहिलो चरणमा ‘कलर बेल्ट’ प्रतिस्पर्धा हुनेछ ।

        यलो, ग्रिन, ब्लु र रेड बेल्टको प्रतिस्पर्धामा पुरुष तथा महिलातर्फ समान सात र सातवटा प्रतिस्पर्धा हुनेछ । यस्तै जुलाई १२ देखि १८ तारिखसम्म ब्ल्याक बेल्टतर्फ दोस्रो चरणमा खेल खेलाइनेछ । पुरुष तथा महिलातर्फ समान ११र११ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । ‘दुवै चरणको प्रतिस्पर्धा सबैका लागि खुला रहेको छ’, निर्देशक महर्जनले भने ।

        डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो सङ्घ तथा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ) को सहयोगमा हुन लागेको उक्त प्रतियोगितामा करिब २५ देशका खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । यसका लागि सहभागी खेलाडीले दुई मिनेटभन्दा बढीको श्रव्यदृश्य पठाउनुपर्ने प्रावधान छ ।

        यसरी पठाइएको श्रव्यदृश्यलाई विश्व तेक्वान्दो महासङ्घबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्याङ्कन गरी खेलको नतिजा सार्वजनिक गरिनेछ । आइओएफटिसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको १ ३औँ संस्करण कोरोना भाइरसका कारण स्थगित भएपछि आयोजकले अनलाइन प्रतियोगिताको आयोजना गर्न लागेको निर्देशक महर्जनको भनाई छ ।

    सम्बन्धित समाचार