Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश फर्कदै

    कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश फर्कदै


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश फर्कदै

              कतारबाट ५ हजार १ सय १२ जना नेपालीहरू स्वदेश फर्किने भएका छन् । नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरणअनुसार रोजगारी गुमाएका, जटिल स्वास्थ्य अवस्था भएका, आफन्तको मृत्यु भएपछि शोकमा परेका नेपाली, अध्ययन समाप्त भएका विद्यार्थीसहित ५ हजार ११२ जना नेपाली स्वदेश फर्किन लागेका हुन् । उनीहरूलाई जुन १६, १७, २० र २२ तारिखमा  नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडानहरुबाट स्वदेश फर्काइने दूतावासले जनाएको छ । ४९० अमेरिकी डलर तोकिएको हवाई टिकटको मूल्य फर्कन चाहने आफैँले तिर्नु पर्ने व्यवस्था गरिएको छ । प्राथमिकतामा परेका यात्रुको नामावलीसहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुको नामावली प्रकाशित गरिने दूतावासले जनाएको छ ।

    सम्बन्धित समाचार