Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नीति तथा कार्यक्रमका लागि परामर्श लिँदै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका

    नीति तथा कार्यक्रमका लागि परामर्श लिँदै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    नीति तथा कार्यक्रमका लागि परामर्श लिँदै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका

                    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि परामर्श तथा सुझाव संकलन सुरु गरेको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई चुस्तदुरुस्त र फलदायी बनाउनका लागि गाउँपालिकाले राजनैतिक दल, पुर्वनिर्वाचित जनप्रतिनिधि, बौद्धिक वर्ग, शिक्षक, अगुवा कृषक, गैर–सरकारी संघसंस्था, पत्रकार लगायतसँग अन्तरक्रीयाका माध्यमबाट आवश्यक राय सुझाव संकलन सुरु गरेको हो । सबैसँगको सहकार्यमा सबैको बुद्धिविवेकका आधारमा प्राप्त सुझाव अनुशार नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रुप दिइने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
                विभिन्न विषयगत समितिले आ–आफ्नोतर्फबाट सुझाव संकलन गरेर नीति तथा कार्यक्रम तयार पारिरहेको अवस्थामा गाउँपालिका आफैले पनि परामर्श थालेको हो । शुक्रबार आयोजित अन्तरक्रीयामा सहभागीले कृषिको व्यवसायीकरण एबं रोजगारमुलक नीति तथा कार्यक्रम ल्याउनका लागि सुझाव दिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयाे । ‘सबैको जोड कृषि र रोजगारमुलक कार्यक्रम ल्याउनु पर्छ भन्नेमा छ,’ अध्यक्ष राईले भने, ‘कोरोना भाइरससँग लड्ने स्पष्ट योजना ल्याउन र दिगो विकासमा ध्यान दिन धेरैको सुझाव छ ।’

              सहभागीले सडक निर्माणमाभन्दा पनि सडक स्तरोन्नतीमा बजेट खर्च गर्न सुझाव दिएका छन् ।
    प्रतिनिधिमुलक सुझावका आधारमा नीति, कार्यक्रम तथा बजेटलाई टुंग्याएर आगामी असार १० गते बजेट प्रस्तुत गर्ने तयारी गरिएको अध्यक्ष राईले बताए । असार १० गते प्रस्तुत बजेट असार मसान्तभित्रमा पास गर्नुपर्ने कानूनी व्यवस्था छ । जिल्लाका अन्य स्थानीय तहले पनि नीति, कार्यक्रम तथा बजेटको तयारी गरिरहेको छ ।


    सम्बन्धित समाचार