Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यूवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिन चर्चित नायिका प्रियंका कार्कीको सरकारसँग आग्रह

    यूवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिन चर्चित नायिका प्रियंका कार्कीको सरकारसँग आग्रह


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    यूवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिन चर्चित नायिका प्रियंका कार्कीको सरकारसँग आग्रह

           चर्चित नायिका प्रियंका कार्कीले यूवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिन सरकारसँग आग्रह गरेकी छिन् । सामाजिक संजालमा लामो स्टाटस लेख्दै भनेकी छिन‘कृपया मुद्दाको संवेदनशिलता वुझिदिनुहोस् । जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरी सम्बोधन गरिदिनुहोस् ।

           आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिनुहोस् ।’ कार्कीले सरकारसँग यस्तो आग्रह गर्दै गर्दा सडकमा उत्रिएका यूवाहरुलाई सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेकी छिन् । उनले गैह्र राजनीतिक आन्दोलनको रुपमा सुरु भएको प्रदर्शनमा अब राजनीतिक गन्ध समेत भेटिन थालेको महशुश आफूले गरेको पनि लेखेकी छिन् ।

               प्रियंकाले प्रदर्शनका क्रममा सामाजिक दुरी पनि कायम नभएको भन्दै यसले संक्रमण फैलिन सक्ने जोखिममा ध्यान दिन पनि आग्रह गरेकी छिन् । प्रियंकाले आज हुने भनिएको प्रदर्शन स्थगित गर्न पनि आग्रह गरेकी छिन् । आज संसदले नयाँ नक्शा पारित गर्ने कार्यक्रम भएकाले पनि नेपालीहरु एक झन् भन्ने सन्देश दिन आवश्य रहेको उनले उल्लेख गरेकी छिन् ।

    सम्बन्धित समाचार