शनिवार, जेठ ३१ २०७७
नेपाल वाइड
पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २४७ पुरुष २६ जना महिला छन् ।
७२ जिल्लामा कोरोना देखिएको छ । थप २ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । जम्मा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ छ । यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।