शनिवार, जेठ ३१ २०७७
नेपाल वाइड
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अपांगता भएका व्यक्तीलाई सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको छ । अपांगता भएका व्यक्तीलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ ‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको हो ।
शनिबार सम्पन्न हप्ता दिने तालिममा गाउँपालिकाका ७ वडाका तीन÷तीन जनाका दरले २१ जना अपांगता भएका व्यक्तीलाई सहभागी गराइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
अपांगता भएका व्यक्तीको क्षमता बिकासका लागि गाउँपालिकाले वार्षिक कार्यक्रम अन्तरगत सिन्केधुप उत्पादन तालिमका लागि एक लाख ५० हजार र मुढा निर्माण सम्वन्धी तालिमका लागि एक लाख बिनियोजन गरेको थियो । गाउँपालिका भित्रिने सिन्केधुपलाई स्थानीय उत्पालदनमार्फत विस्थापित गर्ने लक्ष्य राखिएको छ ।
तालिमपछि उनीहरुले उत्पादन गरेको सामग्री गाउँपालिकाभित्रकै पसलमा बिक्री गर्न सहयोग गरिने गाउँपालिकाकी उपाध्यक्ष सपना राईले बताईन् । तालिम आईतबार उपाध्यक्ष राईले उद्घाटन गरेकी थिईन् ।