Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दिक्तेल बजारको मुहार फेरिदै

    खोटाङको सदरमुकाम दिक्तेल बजार ढलानको काम सुरु

    खोटाङको सदरमुकाम दिक्तेल बजार ढलानको काम सुरु


    • आइतवार, जेठ ३२ २०७७

    • नेपाल वाइड


    खोटाङको सदरमुकाम दिक्तेल बजार ढलानको काम सुरु

            खोटाङको साविकको सदरमुकाम दिक्तेल बजार ढलानको काम सुरु गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक लगानीमा दिक्तेलबजार क्षेत्रको बिभिन्न खण्डमा आरसिसि ढलानको काम सुरु गरिएको हो । पहिलो चरणमा दिक्तेलबजारका तीन खण्डमा ढलानको काम सुरु गरिएको छ ।

             असार मसान्तभित्रै सम्पन्न गर्नेगरी दिक्तेलको किरातचोक (रत्नपार्क)स्थित जिरोप्वइन्टदेखि पुरानो बेसक्याम्प, त्रिबेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय र पुरानो बैंकचोकदेखि झिसेपु मन्दीर जाने खण्ड ढलानको काम सुरु गरिएको हो । पुर्वी पहाडी जिल्लाका सदरमुकामभन्दा ढिलागरी दिक्तेलबजार ढलान सुरु गरिएको हो ।
           

           शहरी विकासको ३ करोड ३९ लाख १० हजार बजेटमा दिव्यज्योती आरडि रोजन जेभीले किरातचोक (रत्नपार्क)स्थित जिरोप्वइन्टदेखि पुरानो बेसक्याम्प खण्ड ढलान सुरु गरेको हो । सो खण्डमा शुक्रबारदेखि ढलान राख्न सुरु गरिएको छ । हाल रातका समयमा समेत ढलानको काम भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपानारायण रिजालले बताउनुभयो ।
            dhalan_slop_diktel bazar (starts) photo_daman2.jpg

           यस्तै, नगरपालिकाको १ करोड ३ लाख बजेटमा त्रिबेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्मको खण्ड खोटाङ हलेसी गोल्डेन फ्यूचर जेभीले ढलानको जिम्मा लिएको छ । सो खण्डमा ढलानका लागि बेस राख्ने काम भइरहेको खोटाङ हलेसी गोल्डेन फ्यूचर जेभीका प्रतिनिधि खगेन्द्र राईले बताउनुभयो । प्रदेश सरकार र शहरी विकासकै ५८ लाखमा मुकुण्ड निर्माण सेवाले पुरानो बैंकचोकदेखि झिसेपु मन्दीर जाने खण्ड ढलान गरिरहेको छ । सो खण्डको ८० प्रतिशत काम पुरा भएको निर्माण सम्वद्ध जितेन खम्बूले बताउनुभयो ।

    dhalan_slop_diktel bazar (starts) photo_daman1.jpg

        विनियोजित बजेटले त्रिबेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय खण्डको करिब त्रिबेणीचोक–मालपोत खण्ड मात्र ढलान गर्न पुग्ने भएकाले मालपोतदेखि लोकसेवा आयोगको कार्यालयसम्मको खण्ड ढलानका लागि नगरपालिकाले ७५ लाख व्यवस्था गरेको जनाएको छ । यस्तै, दिक्तेलको भवनगैराबाट कृषि ज्ञानकेन्द्र झर्ने सडक ढलानका लागि नगरपालिकाबाट ५७ लाख बजेट व्यवस्था गरिएको मेयर रिजालले बताउनुभयो ।

          मालपोतदेखि लोकसेवा आयोगको कार्यालयसम्मको ढलानको काम शुभचन्द्र राई र भवनगैराबाट कृषि ज्ञान केन्द्र झर्ने सडक ढलानको काम सुवास आचार्य नेतृत्वको उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ । दिक्तेलबजारको बाँकी खण्ड पुरानो बेस क्याम्पदेखि त्रिबेणीचोक, त्रिबेणीचोकदेखि नेपाल टेलीकमसम्मको खण्ड पनि क्रमशः ढलानको काम गरिने मेयर रिजालले बताउनुभयो । ‘बाँकी रहेका बीचको खण्डमा पनि क्रमशः ढलानको काम हुन्छ,’ रिजालले भने, ‘नगरपालिकाको पहलमा शहरी विकासबाट बजेट व्यवस्था गरिएको छ ।’ दिक्तेल–खानीडाँडा सडक खण्डमा पर्ने टेलीकमदेखि हाटडाँडासम्मको खण्ड भने दिक्तेल–खानीडाँडा पिचकाक्रममा स्वतः कालो पत्रे हुने छ ।

        dhalan_slop_diktel bazar (starts) photo_daman2.jpg

            दिक्तेलबजार ढलान सुरु भएपछि हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने समस्या हल हुने देखिएको छ । यद्यपी कामको गुणस्तरका विषयमा भने स्थानीयले प्रश्न उठाइरहेका छन् । खोटाङबजारबाट २०२० सालमा दिक्तेलमा सारिएको सदरमुकाम पिच/ढलान नभएका कारण वर्षा याममा हिलाम्मे हुनेगरेको छ ।

         ढलान पछि दमकल चलाउन सहजहुनुका साथै अस्तव्यस्त सडक व्यवस्थित हुँदा दिक्तेल बजारको समेत मुहार फेरिनेछ । सडक साँघुरो भएका कारण आगलागीका समयमा दिक्तेलबजारमा दमकल समेत सहज तरिकाले हिँडाउन नसक्दा बढि क्षति हुने गरेको छ । सडक फराकिलो बनाउनका लागि बजारबासीले जग्गा छाड्ने अवस्था नभएपछि आर्थिक वर्ष २०७३/०७४ मा स्थानीय बिकास शुल्क कोषबाट दिक्तेलबजार पिचका लागि आएको बजेट फ्रिज भएको थियो ।

    दिक्तेलबजार क्षेत्रको बिभिन्न सडक खण्डमा आरसिसि ढलानको काम गरिदै:
    फोटो:नेपालवाईड

    सम्बन्धित समाचार