Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सरकारले भोली असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्दै (तालिकासहित)

    सरकारले भोली असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्दै (तालिकासहित)


    • आइतवार, जेठ ३२ २०७७

    • नेपाल वाइड


    सरकारले भोली असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्दै (तालिकासहित)

          सरकारले भोली असार १ गतेदेखि रेडियो र टिभीबाट विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको छ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको हो ।

          शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाका अनुशार टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ असार १ गतेबाट सुरु गर्न रुटिन समेत निकाली सकेको बताउनुभयो । वहाँका अनुशार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ भने कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने जानकारी निनुभयो ।

          तत्कालै विद्यालयहरु खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. थपलियाले बताउनुभयो । ‘आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक बनेको छ । यसको डिजिटल कपी तयार छ । ३ कक्षासम्मको डिजिटल कपी हाम्रो वेबसाइटमा राखिसकिएको छ ।

         कतिपय पालिकाले तीन कक्षासम्मको सामग्री घर–घरमा र टोल–टोलमा धमाधम वितरण गरिरहेको वहाँले बताउनुभयो । त्यो सामग्री घरमै बसेर सिक्ने सक्ने खालको रहेको उनको भनाइ छ । थपलियाका अनुशार ‘कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्दैछ, रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै लोकल एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेको जानकारी प्राप्त भएको छ ।’

    पढाइ हुने तालिका हेर्नुहोस्

    Talika 1.jpg

    talikat 2.jpg

    talika 3.jpg

     

     

    सम्बन्धित समाचार