Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चन्दा उठाएरै ताल निर्माण

    चन्दा उठाएरै ताल निर्माण


    • आइतवार, जेठ ३२ २०७७

    • नेपाल वाइड


    चन्दा उठाएरै ताल निर्माण

               खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले ताल निर्माण गरेका छन् । खार्मीका २२ घर स्थानीयले भंगेटारमा कांसाहोप नामक ताल निर्माण गरेका हुन् । कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि कृत्रिम ताल निर्माण गरिएको उपभोक्ता समितिका सचिव दिपककुमार तामाङले बताउनुभयो ।
           जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाईमा उपयोग गर्न मिल्नेगरी स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारमा एल आकारको ताल निर्माण गरेका हुन् । नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई लकडाउनकैबेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो ।
           कांसाहोप ताल बनेपछि रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेको सचिव तामाङले बताए । तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ । तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाइै ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मटेंग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको स्थानीय बताउँछन् । ‘त्यहाँ सानो खाल्डो थियो । मेसिन लगाएर खाल्डोलाई फराकिलो बनाइएको हो ।
         ताल बनाउनका लागि हामीले चन्दा उठायौँ, श्रमदान गरेका छौँ,’ तामाङले भने, ‘यस ठाउँको पर्यटन प्रवद्र्धनकै लागि हामीले ताल बनाएका हौँ । जमिनमा रिचार्जको काम गर्ने तालको पानी तल्लो क्षेत्रमा सिँचाई गर्न समेत उपयोग गर्न सकिने छ ।’ टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदु खोलाको पानी पनि ल्याएर हालिएको छ ।
          कांसाहोप तालबाट दुई मिनेट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ । सो स्थानबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिने तामाङले बताए । बाँझोबारीबाट सिधै कांसाहोप ताल पुग्ने छोटो दुरीको सडक निर्माण गर्न सके बाँझोबारी र कांसाहोपको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताइएको छ । बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने तामाङले बताउनुभयो । ताल र्माणकाक्रममा संकलन गरिएको रकममध्ये २ लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सह–चालक तथा श्रमदानमा सहभागी स्थानीयको खाना, खाजामा खर्च गरिएको उपभोक्ता समितिले जनाएको छ ।

    सम्बन्धित समाचार