Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रुकुम पश्चिमको सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा ३४ जनाविरूद्ध मुद्दा दायर

    रुकुम पश्चिमको सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा ३४ जनाविरूद्ध मुद्दा दायर


    • आइतवार, जेठ ३२ २०७७

    • नेपाल वाइड


            रुकुम पश्चिमको सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगायतको अभियोगमा मुद्दा दायर भएको छ । प्रतिवादी बनाइएकामा ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एकजनालाई मतियारको रूपमा जिल्ला अदालत, रुकुममा मुद्दा दर्ता भएको रुकुम पश्चिमका श्रेष्तेदार कृतबहादुर बोहोराले बताउनुभयो । 

          घटनामा संलन्ग भनिएका २९ जना अहिले प्रहरी नियन्त्रणमा छन् भने पाँच जना फरार रहेको छन । प्रतिवादीमध्ये दुईजनालाई नाबालकका रूपमा कारबाही माग गरिएको बताइएको छ । मृतक छजना मध्ये चार जना दलित भनिने समुदायका छन । ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो । उक्त घटनाबारे गृहमन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोली र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरेका छन ।

         अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूले समेत नेपालमा जातीय विभेद र हिंसासँग जोडिएका अपराधमा दण्डहीनता उच्च रहेको भन्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । यस घटनामा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायुक्तको कार्यालयले समेत चासो व्यक्त गर्दै विज्ञप्ति निकालेको विविसिले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत आफ्नो प्रारम्भिक अनुसन्धानमा उक्त घटनाको प्रमुख कारक जातीय विभेद रहेको निष्कर्ष निकालेको थियो ।

    सम्बन्धित समाचार