Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आज मिति २०७७ साल असार १ गते सोमबार मिथुन संक्रान्ति Jun 15, 2020 तपाईको आज ज्योतिष शास्त्र अनुशार राशिफल के रहेको छ हेर्नुहोस् ।

    आज मिति २०७७ साल असार १ गते सोमबार मिथुन संक्रान्ति Jun 15, 2020 तपाईको आज ज्योतिष शास्त्र अनुशार राशिफल के रहेको छ हेर्नुहोस् ।


    • सोमवार, आषाढ १ २०७७

    • नेपाल वाइड


    आज मिति २०७७ साल असार १ गते सोमबार मिथुन संक्रान्ति Jun 15, 2020 तपाईको आज ज्योतिष शास्त्र अनुशार राशिफल के रहेको छ हेर्नुहोस् ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् ।

    कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । कृषिमा लगानी गरि धन आर्जन गर्न सकिनेछ ।

    सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवस्यक्ताहरु पुरा गर्नु पर्ने बाध्यता आउनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

    अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

    विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्या केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धी हासिल हुनेछ ।

    स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नीबीच अझ विश्वास बढेर जानेछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेको छ ।

    आफन्त तथा घरपरिवारसँग मनमुटाव हुनेछ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ ।

    अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ ।

    प्रेम सम्बन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

    पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आफन्त तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ भने विद्यार्थी हरुले प्रविधिको प्रयोग गरि अध्ययन गर्नुहोला ।

    प्रेममा रमाउन चाहानेहरुका लागि समय फलदायी रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    आफन्तहरु टाडिनेछन् भने आमासँग मनमुटाव हुनेछ । अन्य व्यवसाय मध्यम रहेपनि कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्वन्धी काम गर्दा ध्यान दिनुहोला ।

    राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

     

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाँकी रहेको कामलाई पूर्णता दिन सकिनेछ ।

    प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

     

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ ।

    औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

     

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ ।

    माया प्रेममा रमाईलो गर्दै समय व्यतित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    तपाईको दिन शुभ रहोस् ।
    ज्योतिषी दुर्गा भण्डारी ।

    सम्बन्धित समाचार