Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने समाजवादी पार्टीको तयारी

    सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने समाजवादी पार्टीको तयारी


    • सोमवार, आषाढ १ २०७७

    • नेपाल वाइड


    सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने समाजवादी पार्टीको तयारी

           नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । समाजवादी पार्टीले पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन सांसद दुबै पदबाट हटाउने भएको हो । समाजवादी पार्टीले संशोधन प्रस्तावको विरुद्धको प्रस्ताब फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

            पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने समाजबादी पार्टीले जनाएको छ । संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

    सम्बन्धित समाचार