सोमवार, आषाढ १ २०७७
नेपाल वाइड
प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु.४० अर्ब ८९ करोड ९९ लाख ४७ बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालु तर्फ रु. १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६ दशमलव २९ प्रतिशत र पुँजिगत २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ प्रतिशत रहेको छ । बजेट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । वित्तीय व्यवस्थापन तर्फ रु. ४ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको मन्त्री आङबोले जानकारी गराउनुभएको छ ।
यस्तै आगामी आर्थिक वर्षको खर्च व्यवस्थापन आन्तरिक स्रोत ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाँटबाट रु. १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट रु. १५ अर्ब ११ करोड ३८ लाखले बोहोरिने मन्त्री आङ्बोले जनाएका छन् । सरकारको नगद मौज्दात ६ अर्ब रहने अनुमान गरिएको छ । खर्च आवश्यकता पूरा नहुने भएकाले रु. ५ अर्ब अन्तर सरकारी वित्त व्यवस्था ऐन २०७४ ले व्यवस्था गरेबमोजिम नेपाल सरकारसँग ऋण लिएर पूर्ति गरिने बजेटमा उल्लेख छ ।
यसैबीच, आगामी आर्थिक वर्षका लागि प्रदेश १ सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट भने बढाएको छ । ९३ जना प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुने उक्त रकम प्रति निर्वाचन क्षेत्र ५० लाखबाट बढाएर १ करोड पु¥याइएको हो । प्रदेशभित्र ५८ वटा निर्वाचन क्षेत्र छन् । ती क्षेत्रका लागि २ करोडका दरले बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताउनुभयो ।