सोमवार, आषाढ १ २०७७
नेपाल वाइड
भारतबाट आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको स्वाव पिसिआर परिक्षणका लागि पठाइएको छ । रोजगारकाक्रममा भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा लकडाउनकाबेला गाउँ आएर क्वारेन्टीनमा बसिरहेका ३९ जना स्थानीय, कोरोना संक्रमणको रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाइएको हो ।
संकलन गरिएको स्वाव सोमबार बिराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । नगरपालिकाबाट पिसिआर परिक्षणका लागि स्वाव पठाएको यो तेश्रो पल्ट हो । हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म चार जना संक्रमित फेला परिसकेको छ । त्यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने तीन जना उपचारमा छन् । नगरपालिकामा हालसम्म ११४ जनाको पिसिआर परिक्षण भइसकेको छ ।