Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको जन्तेढुंगा गाउँपालिका–६ को सोभे खानेपानी योजना उद्घाटन

    खोटाङको जन्तेढुंगा गाउँपालिका–६ को सोभे खानेपानी योजना उद्घाटन


    • सोमवार, आषाढ १ २०७७

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगा गाउँपालिका–६ को सोभे खानेपानी योजना उद्घाटन

              खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित सोभेमा खानेपानी योजना सञ्चालनमा आएको छ । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको १० लाख बजेटमा छङछङ्गे मुहान भएको सोभे खानेपानी योजना सोमबार जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले उद्घाटन गरेका हुन् । आयोजनाबाट १३ वटा धारामार्फत २८ घर परिवारलाई पानी वितरण गरिएको स्थानीय उपभोक्ता जगत किरातीले बताउनुभयो ।    

     
              स्थानीयले लकडाउनकैबेला खानेपानी योजनाको काम पुरा गरेका हुन् । खानेपानी योजना सञ्चालनमा आएपछि खोला वा कुवामा पुगेर पानी ल्याउनुपर्ने वाध्यता अन्त्या भएको छ । सोभेका स्थानीय स्थानीय भानुमती खोलाबाट पानी ल्याउने गरेका थिए । खानेपानी योजना उद्घाटनकाक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला राई लगायतको उपस्थिति रहेको थियो ।
    सोभे खानेपानी योजनाका लागि आर्थिक वर्ष २०७६÷०७७ मा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट बजेट विनियोजन गरेका थिए ।

    सम्बन्धित समाचार