Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हेर्नुहोस् २०७७ साल असार २ गतेको राशिफल

    हेर्नुहोस् २०७७ साल असार २ गतेको राशिफल


    • मंगलवार, आषाढ २ २०७७

    • नेपाल वाइड


    हेर्नुहोस् २०७७ साल असार २ गतेको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत वौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । 

    भौतिक सम्पत्तीको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित पार्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढ्ने योग रहेको छ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । विभिन्न कारणले अध्ययनमा समय दिन सकिने छैन । आफन्त तथा अग्रजहरुसँग राय बाजिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    ईमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ ।

    पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरीने कामबाट मनग्गे फाईदा हुनेछ ।

    कीर्तिमानी काम गरी नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ ।

    पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ ।

    प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । पढाई लेखाई कै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ ।

    धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरुको सेवा गर्ने अवसर जुर्नेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    काम गर्ने विभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला ।

    प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ ।

    आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

    पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ ।

    प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यतित हुनेछ । पछि लाभ हुने काम शुरु गर्न सकिनेछ ।

    पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    स्थाई सम्पत्ती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ ।

    छुट्टिएका प्रेम सम्बन्धहरु पुनः सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले वौद्धिक क्षेत्र बलियो हुनेछ । तर पनि कुनैपनि बिवाद तथा भिडभाडमा सामेल नहुनु नै राम्रो रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ ।

    आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ ।

    प्रविधिको प्रयोग गरि अध्ययन गर्न सकिनेछ । व्यापार व्यवसायमा मन्दि आउने तथा आर्थिक अवस्था कमजोर हुनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउदा भविष्यमा आम्दानी भईरहनेछ ।

    विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

    अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    सम्बन्धित समाचार