मंगलवार, आषाढ २ २०७७
नेपाल वाइड
कोरोना भाइरस (कोभिड–१९)का संक्रमणका कारण विश्वभर ४ लाख ३८ हजारभन्दा बढी ज्यान गएको छ । विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणका कारण ४ लाख ३८ हजार ५ सय ८१ जनाको ज्यान गएको हो । साढे ५ महिनादेखि फैलिएको (कोभिड–१९)का एकै दिन १ लाख २४ हजार ५८१ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ । संक्रमित मध्ये ३४ लाख ८१ हजार ७ सय ५३ जनाको उपचार भइरहेको छ भने ४१ लाख ८८ हजार २ सय १६ जना उपचारपछि निको भएका छन् । एसियाली मुलुकहरुमा ४१ हजार १५८ जनाको मृत्यु भएको छ ।