मंगलवार, आषाढ २ २०७७
नेपाल वाइड
अमेरिकाले ताइवानको आकाशमा नौ सेनाको विमान उडाएको भन्दै चीनले आपत्ति जनाएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल रेन गुओचियाङले सोमबार एक वक्तव्य जारी गर्दै अमेरिकाको उक्त कदम चालेर गम्भिर गल्ति गरेको चेतावनी दिएको हो ।
गत जुन ९ मा अमेरिकी नौसेनाको सी–४० ए विमान ताइवानको आकाशमा उडाउँदा चीनको अनुमति नलिएर आफ्नो सार्वभौमिकताविरूद्ध उत्तेजक गतिविधि नगर्ने पनि सचेत गराएको छ । उनले ताइवानको चीनको अभिन्न हिस्सा रहेको भन्दै ताइवानलाई लिएर चीनमाथि दबाब दिने जस्तोसुकै प्रयासलाई पनि असफल पार्ने चेतावनी दिएका छन् । ‘चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध कुनै उत्तेजक कार्य नगर्न हामी अमेरिकालाई आग्रह गर्छौँ,’ गुओचियाङले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।