Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारत र चीनको विवादित सीमा क्षेत्रमा सैनिकबीच भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु

    भारत र चीनको विवादित सीमा क्षेत्रमा सैनिकबीच भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु


    • बुधवार, आषाढ ३ २०७७

    • नेपाल वाइड


    भारत र चीनको विवादित सीमा क्षेत्रमा सैनिकबीच भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु

          भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको हो । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो ।

          भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । १५ र १६ जुनको राति यहीँ दुवै देशकाात सैनिकबीच झडप भएको थियो । मंगलबार राती भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो । योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको संख्या २० पुगेको छ ।

          चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन । लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे विवाद उत्पन्न भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ’चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक संघर्ष भएको’ बताएको समाचारमा जनाइएको छ । बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन ।

          तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ । चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो ।

         दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत नराम्ररी पराजित भएको थियो । सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो । चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ । त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ । सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको विविसिले उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार