Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको हलेसी सल्लेमा बाघको आतंक

    खोटाङको हलेसी सल्लेमा बाघको आतंक


    • बुधवार, आषाढ ३ २०७७

    • नेपाल वाइड


    खोटाङको हलेसी सल्लेमा बाघको आतंक

                      खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा बाघको आतंक फैलिएको छ । बाघले केही दिन यता चराउन लगेको बाख्रा, बोका र खोरमा राखिएको सुँगुर खाइदिन थालेका हुन् ।
     

    मंगलबार दिउँसो सल्ले गैरीटोलका स्थानीय उदयकुमार राईको चराउन लगेको बोका बाघले मारेको वडाध्यक्ष कासीराज राईले बताउनुभयो ।

            जेठ १ गते मात्र भुजेलटोलका चतुरमान भुजेलको खोरमा राखेको सुँगुर बाघले लगेको थियो । हराएको सुँगुर खोजीगर्दा आधा खाइसकेको अवस्थामा फेला परेको थियो ।

    उदयकुमारको गत वर्षको मंसिरमा एउटा र साउन–भदौमा तीन वटा बाख्रा बाघले खाइदिएको थियो । यस्तै, गत भदौ १८ गते चरणबाट घर फर्काउनेक्रममा स्थानीय चुडामणी राईको दुई वटा बाख्रा बाघले मारेको थियो ।

     

    पछिल्लो समय बाघले चौपायमाथि आक्रमण गरेर किसानलाई आजित बनाएको वडाध्यक्ष राईले बताए । पाँच÷छ महिनाअघि वडाध्यक्ष राईकै दुई वटा बाख्रा बाघले मारेको थियो । ‘बेला–बेलामा बाघले बोका, बाख्रा खाइ नै रहेको छ,’ वडाध्यक्ष राईले भने, ‘जंगलमा बाघ हिँडिरहेको देखिने गरेको छ । गोठालो गरिएन र छाडा छाडियो भने बाख्रा खाइदिइहाल्छ ।’

    सम्बन्धित समाचार