Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हास्य कलाकारद्धारा खोटाङका दुई नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

    हास्य कलाकारद्धारा खोटाङका दुई नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान


    • बुधवार, आषाढ ३ २०७७

    • नेपाल वाइड


    हास्य कलाकारद्धारा खोटाङका दुई नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

                हास्य कलाकार लगायतको टोलीले खोटाङका दुई नगरपालिकालाई स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) तथा वातावरणीय सरसफाई सम्वन्धी सचेतनाका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागले आयोजना गरेको अभियान्ता, कलाकार, खेलाडी तथा स्वयंसेवक परिचालन सहितको महा–अभियान अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको हो ।      health instrument by artist photo_khotang.jpg

             कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउनका लागि महा–अभियानकातर्फबाट टेकबहादुर बलाम्पाकी मगरको नेतृत्वमा आएका हास्या कलाकार नारद खतिवडा, रामचन्द्र अधिकारी, सुरबिर पण्डित, गायीका मञ्जु पौडेल, सुरेस थापा, पवन खतिवडा, मोहनजङ पौडेल, अनिता दंगाल, राजु भुजेल, डिजराज पौडेल लगायतको टोलीले दुई नगरपालिकालाई पिपिई सेट, धारा, माक्र्स, ग्लोव्स, थर्मल गन, सेनीटाइजर, बाल्टी, वासिङ मेसिन (हात धुने धारा), डस्बिन, सावुन लगायतका स्वास्थ्य र सरसफाई सामग्री प्रदान गरेको हो ।
                 टोलीको नेतृत्व गरेर आएका संयोजक टेकबहादुर बलाम्पाकी मगरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर दिपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा हास्या कलाकारको टोलीले कोरोना भाइरस सम्वन्धी सन्देशमुलक कार्यक्रम प्रस्तुत गरेका थिए । (कोभिड–१९) कोरोना भाइरस तथा वातावरणीय सरसफाई सम्वन्धी सचेतनाका लागि अभियान्ता, कलाकार, खेलाडी तथा स्वयंसेवक परिचालन सहितको महा–अभियान काठ्माण्डौं, ललितपुर, ओखलढुंगा हुँदै खोटाङ आइपुगेको हो ।

    सम्बन्धित समाचार