Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयताकै न्यून हुने एडीबीको प्रक्षेपण

    एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयताकै न्यून हुने एडीबीको प्रक्षेपण


    • बिहिवार, आषाढ ४ २०७७

    • नेपाल वाइड


    एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयताकै न्यून हुने एडीबीको प्रक्षेपण

        एसियाली विकास बैंकले एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयताकै न्यून हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधि प्रभावित भएकाले वृद्धिदर ०.१ प्रतिशतमा सीमित हुने बैंकले प्रक्षेपण गरेको हो ।

         यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जानकारी दिएको छ । एसियाका अधिकांश उपक्षेत्रको वृद्धिदर सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ । यसअघि यो क्षेत्रको वृद्धिदर २.२ प्रतिशत कायम हुने अनुमान गरेको बैंकले प्रक्षेपण संशोधन गरेको हो । एडिबीले सन् २०२० मा पूर्वी एसियाको वृद्धिदर १.३ प्रतिशतमा सीमित हुने बताएको छ ।

         यसअघि अप्रिलमा २.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपण गरिएको थियो । यो क्षेत्रमा सन् २०२१ देखि रिकभर हुने अनुमान बैंकले गरेको छ । एडिबीले दक्षिण एसियाको वृद्धिदर सन् २०२० मा ३ प्रतिशको वृद्धि हुने अनुमान गरेको छ । यसअघि अप्रिलमा ४.१ प्रतिशतको वृद्धिदर हुने अुनमान थियो । यो वर्ष दक्षिण पूर्वी एसियामा २.७ र सेन्ट्रल एसियामा ०.५ प्रतिशतको वृद्धिदर कायम हुने बैंकले प्रक्षेपण गरेको छ ।

    सम्बन्धित समाचार