Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको साकेला बाँझेच्यानडाँडाका किसान सामुहिकरुपमा कागतीको नर्सरी उत्पादन गर्दै

    खोटाङको साकेला बाँझेच्यानडाँडाका किसान सामुहिकरुपमा कागतीको नर्सरी उत्पादन गर्दै


    • बिहिवार, आषाढ ४ २०७७

    • नेपाल वाइड


    खोटाङको साकेला बाँझेच्यानडाँडाका किसान सामुहिकरुपमा कागतीको नर्सरी उत्पादन गर्दै
    बाँझेच्यानडाँडाका किसानले लगाएको कागतीको बेर्ना निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष अर्जुन खड्का । फोटो: नेपालवाईड

             खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान सामुहिकरुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । हालसम्म छुट्टा–छुट्टै नर्सरी उत्पादनका काम गर्दैआएका तल्लो टोल बंगुर पालन कृषक समुहमा आवद्ध किसान गाउँपालिकाको आर्थिक सहयोगमा सामुहिकरुपमा कागतीको नर्सरी उत्पादनमा लागेका हुन् ।
            गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गरेपछि किसानले ३० हजार बराबरको श्रमदान गरेर कागतीको नर्सरी लगाएको गाउँपालिकाकाका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो ।
    गाउँपालिका कृषि पर्यटनको बिकास गर्ने निती तथा कार्यक्रम कार्यन्वयनमा लागेको अवस्थामा बाँझेच्यानडाँडाका किसानले पहिलो चरणमा कागतीका ४० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
             हाल किसानले कागतीको नर्सरीको जराको विकासका लागि जर्खराउने (उखालेर पुःन माटो खुकुलो पारेर रोप्ने विधि) काम गरिरहेका छन् । कागतीको बेर्ना उत्पादन, कागतीको खेती विस्तार एबं बिक्रीका लागि समुहमा आवद्ध २२ किसानले प्लाष्टिकको टनेलाभित्र कागतीको बेर्ना हालेको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताउनुभयो ।
            गाउँपालिकाको सहयोगमा स्थानीय किसान चिया, नासपाती र कफीको बेर्ना उत्पादनमा समेत लागेका छन् । साकेला गाउँपालिका–३ खिदिमामा चिया, साकेला गाउँपालिका–४ मात्तिममा अनार र साकेला गाउँपालिका–२ रतन्छामा नासपातीको नर्सरी लगाइएको छ । हरेक नर्सरी उत्पादन सफल भएकाले चिया, कागती, नासपाती र कफीको बेना अन्यत्र खोज्नुपर्ने वाध्यता अन्त्या भएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो ।

    सम्बन्धित समाचार