Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको साकेला गाउँपालिकामा चार वटा सिँचाई योजना सम्पन्न

    खोटाङको साकेला गाउँपालिकामा चार वटा सिँचाई योजना सम्पन्न


    • बिहिवार, आषाढ ४ २०७७

    • नेपाल वाइड


    खोटाङको साकेला गाउँपालिकामा चार वटा सिँचाई योजना सम्पन्न

               खोटाङको साकेला गाउँपालिकामा चार वटा सिँचाई योजना पुरा भएका छन् । स्वीस विकास सहयोग, संघीय सरकार र उपभोक्ताको ७ प्रतिशत लगानीमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित रोपुवा पिपिरे सिँचाई योजना, साकेला गाउँपालिका–२ रतन्छास्थित च्यापदामे राजकुलो र निकिते सिँचाई योजना सम्पन्न भएको हो ।
             

           यस्तै, प्रदेश सांसद रामकुमार राईको पुर्वाधार विकास निर्वाचन क्षेत्र अन्तरगतको १० लाखमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवा ठूलो कुलो सिँचाई योजना पुरा गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताउनुभयाे । सेखुवा ठूलो कुलो सिँचाई योजनाको नहरका कतिपय खण्डमा आरसिसि ढलान र कतिपय खण्ड ढुंगामाटोले बनाइएको छ ।
         

          स्वीस बिकास सहयोग, स्थानीय सरकार र संघीय सरकारको साझेदारीमा सञ्चालित साना सिँचाई कार्यक्रम (सिप) कार्यक्रम अन्तरगत २३ लाख ७७ हजारको लागतमा पुरा भएको रोपुवा पिपिरे सिँचाई योजनाले बाँझेच्यानडाँडाका ३२ घर किसानका १० हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ ।
           

           २५ लाख ९३ हजारको लागतमा पुरा भएको च्यापदामे राजकुलो सिँचाई योजनाले रतन्छाका ३३ घर किसानका १२ हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ । यस्तै, २३ लाख ९० हजारको लागतमा पुरा भएको निकिते सिँचाई योजनाले रतन्छाका २० घर किसानका ११ हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको साना सिँचाई कार्यक्रम (सिप)का सिनिरिय टेक्निकल अफिसर केशव बिकले बताउनुभयो ।
    साकेला गाउँपालिका–५ मात्तिममा ३० लाखको लागतमा धिमाकुलो सिँचाई योजना निर्माणाधिन अवस्थामा रहेको छ । धिमाकुलो सिँचाई योजनाले ३८ घरका १२ हेक्टर जमिनमा सिँचाई सुविधा पुर्‍याउने गाउँपालिकाले जनाएको छ ।
           

          यस्तै, उपभोक्ताको १० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत र स्वीस बिकास सहयोगको ४० प्रतिशत लगानीमा पुरा गर्नेगरी लकडाउनकैबीमा रतन्छास्थित सिलपाजोरधारा (मखुवाखोला मुहान) सिँचाई योजना, वानुवा दोभान सिँचाई योजना र मात्तिमस्थित खड्कुडे सिँचाई योजना सम्झौता भएको छ । बाँझेच्यानडाँडाकै सिम्ले सिँचाई योजना सम्झौताको चरणमा रहेको साना सिँचाई कार्यक्रमका सिनिरिय टेक्निकल अफिसर बिकले बताउनुभयो ।

    सम्बन्धित समाचार