शुक्रवार, आषाढ ५ २०७७
नेपाल वाइड
सरकारले वैदेशिक रोजगारीलाई खुला गर्ने निर्णय गरेको छ । श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा विदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारी जान दिने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुशार विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइने बताउनुभयो । बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ ।
संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ । बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन, निस्किदा मास्क लगाउन र सामाजीक दुरी कायम गर्न पनि आग्रह गरेको छ ।