Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिनाबाट फुटबलका गतिविधि सञ्चालन गर्ने

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिनाबाट फुटबलका गतिविधि सञ्चालन गर्ने


    • शनिवार, आषाढ ६ २०७७

    • नेपाल वाइड


    अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिनाबाट फुटबलका गतिविधि सञ्चालन गर्ने

         अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिनाबाट फुटबलका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित फुटबलका गतिविध पुनः सुचारु गरिने निर्णय गरेको हो ।

          एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट दोस्रो चरणका खेलको अभ्यास अर्को महिनादेखि शुरु गर्ने जानकारी दिएको हो । एन्फाको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले विश्वकप छनोटका खेल सुचारु गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्वास्थ्य मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने जनाएको छ ।

          यसैगरी एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशिका अनुसार अभ्यास सुरु गर्न सरकारसँग आग्रह गर्ने जनाएको छ । एन्फाले छिट्टै सम्बन्धित निकायको स्वीकृतीका लागि पत्राचार गर्न भएको छ । फिफा विश्वकप अन्तरगतका खेल अक्टोबर ८ बाट नेपालमा हुने तय छन् । एन्फाको यो निर्णयले खेलाडीहरुमा आशा पलाएको राष्ट्रिय टोलीका अनुभवी खेलाडी विक्रम लामाले बताए ।

          राष्ट्रिय टोलीका एक खेलाडीले एन्फाले राष्ट्रिय टोलीको अभ्यासमात्रै भन्दा पनि नेपाली फुटबल सुचारु गर्ने बारे सोच्नुपर्ने समय आएको बताएका छन् । विश्वकप छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ ।

          अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो । छनोट अन्तर्गत नेपाल पहिलो लिगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

    सम्बन्धित समाचार