Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतबाट आएका खोटाङको हलेसीका ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    भारतबाट आएका खोटाङको हलेसीका ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ


    • शनिवार, आषाढ ६ २०७७

    • नेपाल वाइड


    भारतबाट आएका खोटाङको हलेसीका ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

         भारतबाट आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेको अवस्थामा लकडाउनकाबेला घर फर्किएका स्थानीय, कोरोना संक्रमण रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
        उनीहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि असार १ गते बिराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । नगरपालिकाबाट पिसिआर परिक्षणका लागि स्वाव पठाएको यो तेश्रो पल्ट हो ।
    हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा चार जना संक्रमित फेला परेकामा सबै निको भएर डिस्चार्ज भइसकेका छन् ।

     नगरपालिकामा हालसम्म ११४ जनाको पिसिआर परिक्षण भइसकेको छ ।

    सम्बन्धित समाचार