Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    २२ जनाको मृत्यु

    नेपालमा शनिबार मात्र ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमित थपिए, हालसम्म महिलाको तुलनामा दश गुणा बढी पुरुष संक्रमित

    नेपालमा शनिबार मात्र ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमित थपिए, हालसम्म महिलाको तुलनामा दश गुणा बढी पुरुष संक्रमित


    • शनिवार, आषाढ ६ २०७७

    • नेपाल वाइड


    नेपालमा शनिबार मात्र ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमित थपिए, हालसम्म महिलाको तुलनामा दश गुणा बढी पुरुष संक्रमित

         नेपालमा शनिबार थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको छ । कोरोना भाइरस संक्रमित हुनेमा पुरुषको सख्या अत्यधिक रहेको छ ।

        कोरोनाभाइरसको पछिल्लो संक्रमणबारे स्वास्थ्य मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ७ हजार ८ सय ४९ पुरुष र ७ सय ५६ जना महिला संक्रमित भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६०५ पुगेको जानकारी दिएका हुन् ।
                                     

                                       कुन जिल्लामा कति भाईरस संक्रमित थपिए ?


          डा गौतमका अनुसा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ जना पुरुष, सुनसरीका २ जना महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २ महिला र २२ पुरुष र सर्लाहीका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

          यसैगरी नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा बाराका ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एकजना महिला, बाग्लुङका एक महिला र १३ पुरुष, बैतडीका १८ जना पुरुष, गुल्मीका २ महिला र १६ पुरुष, डडेल्धुराका ५ महिला र ७ पुरुष, डोटीका ९ महिला र ५२ पुरुष, कैलालीका एक पुरुष र काठमाडौंका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

          यसैगरी नवलपरासी पूर्वका ३ महिला र १४ जना पुरुष, नवलपरासी पश्चिमका १ जना पुरुष, पाल्पाका एकजना पुरष, रामेछापका एकमहिला र २ जना पुरुष, रौतहटका २ जना पुरुष, रुपन्देहीका एकजना पुरुष र सर्लाहीका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धादिङकी एकजना महिला र ७ जना पुरुष, पाल्पाका एकजना महिला र १५ जना पुरुष र भक्तपुरका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

         यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पुर्वका ४ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका २ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ३ महिला र ३ पुरुष, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका ११ जना पुरुष र तनहुँका २३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

          यस्तै प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ४ जना महिला र १२ पुरुष, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ महिला र १२ जना पुरुष, बर्दियाका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एक पुरुष, दाङका २ महिला र २ पुरुष र प्युठानका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

         कोरोना भाईरस संक्रमणका कारण हालसम्म नेपालमा २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म नेपालका ७४ जिल्लामा कोरोना संक्रमित भेटिएको पनि मन्त्रालयले जानकारी दिएको छ । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन ।

         पछिल्लो समय हरेक दिन सयौँको संख्यामा भाइरस संक्रमति सख्या बढ्दै गएको छ ।

    सम्बन्धित समाचार