शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
खोटाङका तीन स्थानीय तहका ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हलेसी तुवाचुङ नगरपालिकाकाका ४८ जना, जन्तेढुंगा गाउँपालिकाका ४ जना र रावाबेँसी गाउँपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाइएकामा शनिबार सबैको रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभुयो ।
भारतबाट आएका हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेको अवस्थामा लकडाउनकाबेला घर फर्किएका स्थानीय, कोरोना संक्रमण रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि असार १ गते बिराटनगर पठाइएको थियो ।