शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
पहिरोले जिप पुर्दा गुल्मीमा १ जनाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका वडाम्बर–३ हर्रापाटामा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएदा १९ वर्षका तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।
शनिबार अपरान्ह गुल्मीको मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो । दुर्घटनामा परि पाँच जना घाइते भएका छन् । घाइते चालक प्रदीप पुन यात्रु रमेश रानाको अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि पुर्याईएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए ।