शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
नेपाली कथानक चलचित्र ‘पन्छी’ युट्युबमार्फत सार्वजनिक भएको छ । आकाश अधिकारीद्वारा निर्देशित चलचित्रको सुटिङ नेपालका साथै मुम्बई र गोवामा गरिएको थियो । चलचित्र ‘पन्छी’ले हलमा दर्शकको उल्लेख्य साथ पाएको थियो । चलचित्रमा शिव श्रेष्ठ, राजेश हमाल, कारिश्मा मानन्धर, शर्मिला मल्ल, पूजा चन्द, टीक पहाडी तथा आकाश अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन ।