Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लकडाउन पिडितलाई कांग्रेस खोटाङको राहत

    लकडाउन पिडितलाई कांग्रेस खोटाङको राहत


    • शनिवार, आषाढ ६ २०७७

    • नेपाल वाइड


    लकडाउन पिडितलाई कांग्रेस खोटाङको राहत

              नेपाली कांग्रेस खोटाङले काठ्माण्डौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका सर्वसाधारणलाई राहत बाँडेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका करिब एक हजार दुई सय परिवारलाई कांग्रेसले चामल, दाल, नुन, तेल, तरकारी लगायतका खाद्य सामग्री प्रदान गरेको हो ।
           

            लामो लकडाउनका कारण आर्थिक उपार्जनका काम गर्ने अवस्था नहुँदा समस्यामा परेका जिल्लावासी मजदुर, विद्यार्थी, अशक्त, बिरामी लगायतलाई छानेर राहत प्रदान गरिएको कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बताउनुभयो ।

    rahat nc.jpg

           खोटाङका विभिन्न स्थानमा घर भइ हाल काठ्माण्डौं उपत्यका बसिरहेका नागरिकलाई आर्थिक अवस्था हेरेर प्रतिपरिवार २० केजी, २५ केजी र ३० केजी चामलका साथमा दाल, नुन र हरियो तरकारी वितरण गरेको कांग्रेसले जनाएको छ ।

            काठ्माण्डौं उपत्यकाको बसुन्धारा, बौद्ध, कपन, जोरपाटी, नयाँ बानेश्वर, सल्लाघारी, भक्तपुर, सातदोवाटो लगायतका स्थानमा बसिरहेका जिल्लाबासीलाई राहत वितरण गरिएको हो । कांग्रेसकै नेता तथा कार्यकर्ताबाट संकलन गरिएको सहयोग रकमबाट खाद्य सामग्री खरिद गरेर लकडाउन पिडितलाई प्रदान गरिएको सभापति श्रेष्ठले बताउनुभयो ।

     

           लकडाउन प्रभावित परिवारलाई कांग्रेस जिल्ला सभापति श्रेष्ठ, पूर्व राज्यमन्त्री सर्वधन राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, महेन्द्र सुब्बा, युवा नेता रोजन राई, दिनेश राई लगायतले राहत वितरण गरेका हुन्

    सम्बन्धित समाचार