शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
पिसिआर रिपोर्ट नेगेटिभ आएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टीनबाट ३९ जनालाई घर फर्काइएको छ । भारतबाट आएपछि स्वास्थ्यचौकी महादेवस्थानको क्वारेन्टीनमा राखिएका ३७ जना र जनता माबि सल्लेको क्वारेन्टीनमा राखिएका २ जनालाई शनिबार विदाई गरिएको हो ।
भारतबाट आएपछि क्वारेन्टीनमा राखिएका उनीहरुलाई शनिबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि खादा ओढाएर बिदाई गरिएको नगरपालिकाले जनाएको छ । भारतबाट आएका उनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टीनमा बस्ने शर्तमा घर फर्काइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार भगतले बताउनुभयाे ।
उनीहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि असार १ गते बिराटनगर पठाइएको थियो । नगरपालिकाबाट पिसिआर परिक्षणका लागि स्वाव पठाएको यो तेश्रो पल्ट हो । हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा चार जना संक्रमित फेला परेकामा सबै निको भएर डिस्चार्ज भइसकेका छन् ।