Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बबिनाको ‘माथि माथि हिमालीभेगमा’ भिडियो सहित

    बबिनाको ‘माथि माथि हिमालीभेगमा’ भिडियो सहित


    • आइतवार, आषाढ ७ २०७७

    • नेपाल वाइड


    बबिनाको ‘माथि माथि हिमालीभेगमा’ भिडियो सहित

            खोटाङकी गायीका बबिना राईको ‘माथि माथि हिमालीभेगमा’ सामाजिक संञ्जालमा लोकप्रिय बन्दै गएको छ । गायीका राईको पहिलो गिती एल्बम ‘मर्निङ द बिगिनिङ’ मा समाबेस ‘माथि माथि हिमालीभेगमा’ बोलको गित सामाजिक सञ्जालमा हिट लिष्टमा रहेको छ । पछिल्लो समय सामाजीक सञ्जाल टिकटकमा अधिक मात्रामा लोकप्रिय बनेको पाईन्छ ।

           नेपाली सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत बबिनाको ७ वटा गीत समावेश रहेका छन । बिन्धवासिनि म्यूजिक कम्पनीले राईको गितलाई बजारमा ल्याएको हो । संगीतकार डिआर अटुको एकल संगीत रहेको एल्बममा ‘माथि–माथि हिमाली भेगमा, साईला, टाढा थिएँ, मुटुभित्र, बिन्दास, शुन्या भाछ र भुर–भुर,’ बोलको गीत समाबेश छ ।

          एल्बममा गणेश पौडेल, छविशित कुलुङ, यल्जी विवश, धरती कल्पना, सुरेन्द्र कार्की र मिलन किरातीको शब्द तथा राजु कार्की, अमोस तामाङ, पुष्कर सुनुवार र महाराज थापाको संगीत संयोजन रहेको छ ।

          एल्बमभित्रको ‘माथि–माथि हिमाली भेगमा’ बोलको भिडियो गीत प्रशारण गरिएको थियो । लमजुङको घले गाउँमा छायांकन गरिएको सो भिडियो शुक्रबार बिन्धवासिनि म्यूजिक कम्पनीले आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको थियो ।

             हालसम्म ३० वटाभन्दा बढि गीतमा स्वर दिइसकेकी बबिनाले भारतको ईलाहाबादबाट पाँच वर्षको अध्ययनपछि संगीतमा डिप्लोमा उत्तिर्ण गरेकी छन् । छोटो समयमै सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बबिना साहित्यकार जसराज किरातीकी छोरी हुन् । रुपाकोट मझुवागढी नगरपालिका–१५ बुईपाकी बबिना मास्टर्सकी विद्यार्थी पनि हुन् ।

    https://www.youtube.com/watch?v=BXaGBvHA-aA

    सम्बन्धित समाचार