Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको जन्तेढुंगा–६ दिप्लुङका ८५ घर परिवारलाई राहत

    खोटाङको जन्तेढुंगा–६ दिप्लुङका ८५ घर परिवारलाई राहत


    • आइतवार, आषाढ ७ २०७७

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगा–६ दिप्लुङका ८५ घर परिवारलाई राहत

                खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ८५ घर परिवारलाई राहत बाँडिएको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई छानेर आईतबार चामल, दाल, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो ।

               स्थानीय युवा रकेट राईको पहलमा कोरियामा रहेका नेपालीबाट संकलन गरिएको ८५ हजार ६ सय र नेपालमै रहेका दाताबाट संकलन गरिएको २४ हजारमा खाद्य सामग्री जुटाएर विपन्न र दलित परिवारलाई राहत प्रदान गरिएको हो ।

              पाँच जनाभन्दा बढि सदस्य संख्या भएका परिवारलाई प्रतिपरिवार ३० केजी र पाँच जनाभन्दा कम सदस्य संख्या भएका परिवारलाई १५ केजीका दरले चामल वितरण गरिएको स्थानीय जगत किरातीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, वडाध्यक्ष लगायतको उपस्थितिमा विपन्न परिवारलाई राहत बाँडिएको हो ।

    सम्बन्धित समाचार