मंगलवार, आषाढ ९ २०७७
नेपाल वाइड
ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले कार्यालय प्राङ्गणमा रुद्राक्षको बोट रोपेको छ ।
ओलम्पिक कमिटीको कार्यालय सातदोबाटोमा रुद्राक्ष रोपेर कमिटीले दिवस मनाएको हो । विगतमा ओलम्पिक दिवसका अवसरमा साताव्यापी
कार्यक्रम आयोजना हुँदै आए पनि यो वर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम आयोजना गर्न नपाइएको कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।
कोरोनाका कारण विश्वभर नै ओलम्पिकका कार्यक्रमहरू खुम्चिएको उल्लेख गर्दै उनले नेपाल ओलम्पिक कमिटीले कार्यालय प्राङ्गणमा रुद्राक्ष रोपेको श्रेष्ठले बताए ।
सन् १८९४ मा आजकै दिन पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ ।