मंगलवार, आषाढ ९ २०७७
नेपाल वाइड
भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामी निको पार्ने आयुर्वेदिक औषधी निकालेको छन । मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बुटी नामका दुई औषधी सार्वजनिक गरेका छन । उक्त आयुर्वेदिक औषधीले कोराना निका पार्ने कम्पनीले दाबी गरेको छ ।
क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले बताएको छ । योगगुरु रामदेवले भने ‘पूरा देश र दुनियाँ कोरोनाको भ्याक्सिन वा औषधीको पर्खाइमा थियो। हामीलाई यो कुराको घोषणा गर्दा गर्व भइरहेको छ कि अनुसन्धान, क्लिनिकल ट्रायल र तथ्यहरूमा आधारित पहिलो आयुर्वेदिक औषधी तयार ग¥यौं,’ । रामदेवका अनुशार ‘पतन्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जयपुरको साझा प्रयासबाट औषधी तयार गरिएको हो । यी औषधी तीनदेखि सात दिनसम्म खाए बिरामी पूर्ण निको हुन्छ। हामीले ६९ प्रतिशत बिरामी तीन दिनमा र सात दिनमा सत प्रतिशत बिरामी निको भएको पाएका छौं ।’ कोरोनाभाइरस निको पार्ने भनि दाबी गरिएको औषधीको ट्रायलमा २ सय ८० बिरामीलाई सहभागी गराएको रामदेवले उल्लेख गरेका छन । ट्रायलमा सहभागी सबै बिरामी उक्त यो औषधी सेवन पछि निको भएको बताइएको छ । बिरामीको स्वीकृतिमा उक्त औषधी प्रयोग गरिएको बताईएको छ ।
रामदेवले पत्ता लगाएको भनिएको उक्त औषधीलाई भारत सरकारले भने औपचारिक रूपमा दिएको छैन । चीनको वुहानशहरबाट फैलिएको कोरोना भाईरसका कारण विश्वभर ९२ लाख मानिस संक्रमित छन् भने पौने पाँच लाखको मृत्यु भईसकेको छ ।