Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    काठमाडौं प्रबेश गर्नेहरु अब १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने

    काठमाडौं प्रबेश गर्नेहरु अब १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने


    • मंगलवार, आषाढ ९ २०७७

    • नेपाल वाइड


    काठमाडौं प्रबेश गर्नेहरु अब १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने

          बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेहरुका लागि १४ दिनसम्म होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र जारी गरेको छ । पिसिआर परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले यस्तो पत्रिपत्र जारी गरेको हो ।

           काठमाण्डौका घरधनीले पीसीआर परीक्षण नगरी घरमा पस्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्ने गरेको थियो । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमन्त्रालयमा पत्र पठाएको थियो ।

    गृहमन्त्रालयको परिपत्र

    Ghriha ko paripatra.jpg

     

       त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

           स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा प्रवेश गर्ने प्रत्येक व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताए । प्रवक्ता डा. गौतमले सबै किसिमका भेला तथा जमघटहरुमा कम्तिमा २ मिटरको दुरी अनिवार्य रुपमा कायम गर्नुपर्ने, घर बाहिर निस्किँदा अनिवार्य सर्जिकल मास्क वा तीन तह भएको कपडाको मास्क प्रयोग गर्नुपर्ने बताएका छन ।

     

    सम्बन्धित समाचार