बुधवार, आषाढ १० २०७७
नेपाल वाइड
विदेशमा अलपत्र परेको विभिन्न मुलुकबाट १ हजार १ सय ६३ जना नेपालीको बुधबार उद्धार गरिने भएको छ । विमानस्थल स्रोतका अनुसार विभिन्न मुलुकबाट नेपाली लिएर विदेशी र स्वदेशी विमानले उडान भर्नेछन् । आज हिमालयन एयरलाइन्सले साउदीको दमामबाट १ सय ५८ यात्रु लिएर फर्किनेछ ।
त्यसैगरी संयुक्त अरब इमिरेट्स यूएईबाट हिमालयन एयरलाइन्सले १ सय ५५ यात्रु ल्याउने छ । यसैगरी कुवेतबाट हिमालयलन एयरलाइन्सले १ सय ५४ जना यात्रु ल्याउने छ । नेपाल एअरलाइन्सको विमानले साउदीको जेद्दाबाट २ सय ६० समस्यामा परेका नेपाली लिएर आउँदै छ भने आज कुबेतबाट १ सय ५० जना फर्किेन कार्यतालिका रहेको छ ।
कुवेतबाट जजिरा एयरको चार्टर्ड विमानमार्फत उनीहरुलाई नेपाल फर्काउन लागिएको विमानस्थल श्रोतले जनाएको छ । त्यसैगरी अमेरिकाबाट आज २ सय ८२ जना यात्रु लिएर टर्किस एयरलाइन्सको विमान नेपाल आउने भएको छ । विमानस्थलका अनुसार मलेसियाबाट मलेसिया एयरलाइन्सले ४ जना यात्रु लिएर आउने छ । कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको प्राथमिकताका आधारमा सरकारले उद्दार कार्यलाई निरन्तरता दिँदै आएको छ ।
