Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको गोलबारीमा एक जना नेपालीको मृत्यु

    भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको गोलबारीमा एक जना नेपालीको मृत्यु


    • बुधवार, आषाढ १० २०७७

    • नेपाल वाइड


    भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको गोलबारीमा एक जना नेपालीको मृत्यु

              भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको गोलबारीमा एक जना नेपालीको मृत्यु भएको छ । भारतीय सीमा रक्षामा खटिएकै बेला पाकिस्तानी सेनाको गोलीबाट भारतीय सेनामा कार्यरत गुल्मीका दीपक कार्कीको मृत्यु भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टायम्सले जनाएको छ ।

    जम्मु कश्मीरको रजौरी जिल्लास्थित लाइन अफ कन्ट्रोलमा युद्धविराम उललंघन गर्दै गोली चलाउँदा कार्कीको मृत्यु भएको हो ।

          १८ वर्षअघि भारतीय सेनामा भर्ती भएका कार्कीको मृत्युको खबर पाए लगत्तै उनकी श्रीमती, ५ वर्षीय छोरा, ११ र ९ वर्षका दुई छोरीसहित आफन्त गोरखपुर पुगेका छन् ।

          दुई वर्षअघि आमा गुमाएका गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका दीपकका ९० वर्षीय वृद्ध बुवा शालिकरामकै पर्खाईमा बसेका छन । मंगलबार गोरखपुरमा ल्याइएको उनको शवलाई भारतीय सेनाको टुकडीले सलामी अर्पण गरेपछि गोरखपुरमै अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार