बुधवार, आषाढ १० २०७७
नेपाल वाइड
अमेरिकाका प्रमुख सरुवा रोग विशेषज्ञले सांसदहरूलाई केही राज्यमा कोरोना भाईरस अत्याधिक तिव्र गतिमा बृद्धि भईरहेको बताएका छन । डा. एन्थोनी फाउचीले अमेरिकामा ‘बेचैन पार्ने गरी कोरोनाभाइरस संक्रणमा वृद्धि’ देखिएको बताएका हुन । उनले नयाँ प्रकोप रोक्नका लागि आगामी केही दिन महत्वपूर्ण हुने बताएका हुन ।
अमेरिकाका केही राज्यहरूमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । फाउची र अन्य तीन जना विज्ञहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कहिल्यै परीक्षणलाई कम गर्न नभनेको बयान दिएका छन । कोरोनाभाइरस महामारी रोकथामका लागि अमेरिकाले चालेका कदमहरूबारे अनुसन्धान गर्न संसदीय समितिलाई बयान दिँदै डा. फाउचीले यस्तो भनेका हुन ।
उनी न्याश्नल इन्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सिअस डिजिजेज्का निर्देशक हुन । उनले थप परीक्षणहरू गरिनेमा जोड दिएका छन । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसी, फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीए र डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेजबाट प्रतिनिधित्व गर्ने अन्य तीनजना अधिकारीहरूले पनि राष्ट्रपतिको भनाइ खण्डन गरेको विविसिले उल्लेख गरेका छन ।
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण हालसम्म एक लाख २० हजार जनाको ज्यान गइसकेको छ । यो संख्या विश्वकै सबैभन्दा धेरै हो ।