Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा स्थायी समिति बैठक जारी, एमसिसी चौथो नम्बरमा

    नेकपा स्थायी समिति बैठक जारी, एमसिसी चौथो नम्बरमा


    • बुधवार, आषाढ १० २०७७

    • नेपाल वाइड


    नेकपा स्थायी समिति बैठक जारी, एमसिसी चौथो नम्बरमा

          सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा पाँच एजेन्डा प्रस्ताव पस्तुत गरिएको छ ।

        प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अमेरिकी विकास सहयोग (एमसिसी) चौथो नम्बरको एजेन्डाका रूपमा बैठकमा छलफलका लागि प्रस्ताव गरिएको बताउनुभयो ।

        त्यस्तै, बैठकमा वर्तमान परिस्थिति र स्थायी समिति बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य, सरकारको काम र त्यसअन्तर्गत कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा छलफल हुनेछ ।

        त्यसैगरी दोस्रो एजेन्डाका रूपमा नेपालको सीमा समस्या र समाधानका सम्बन्धसहित अन्य विषय राखिएका छन् । त्यस्तै, तेस्रो एजेन्डाका रूपमा पार्टी एकताका बाँकी कामहरू, चौथो एमसिसी र पाँचौँ विविध रहेका छन् । बैठक बालुवाटारमा अहिले जारी छ ।

    सम्बन्धित समाचार