बुधवार, आषाढ १० २०७७
नेपाल वाइड
नेपाल दूरसञ्चार प्राधिकरणले देशका विभिन्न धार्मिक तथा तिर्थस्थलहरूमा निशुल्क ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस योजनाअन्तर्गत देशका विभिन्न सातवटा धार्मिक स्थलमा इन्टरनेट वाईफाई जडानका लागि प्राधिकरणले टेन्डर आह्वान समेत गरि सकेको जनाएको छ ।
प्राधिकरणले आफ्नै खर्चमा जानकी मन्दिर, पाथिभारा मन्दिर, हलेसी मन्दिर, बराह क्षेत्र, गुरुद्वार, जामे मस्जिद, पञ्चकस्मिरी ताकियामा मस्जिदमा निशुुल्क इन्टरनेट जडान गर्ने भएको हो ।
६ महिनाभित्रै यी धार्मिक स्थलमा इन्टरनेट जडान गरिसक्ने लक्ष्यका साथ टेन्डर आह्वान गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेन्डरमा सहभागी हुन विगत तीन वर्षदेखि न्यूनतम दुई करोडको वार्षिक कारोबार गरेको कम्पनी हुनुपर्ने मापदण्ड तोकिएको छ ।
प्राधिकरणले गत वर्ष नै ४१ वटा धार्मिक स्थलमा निस्शुल्क इन्टरनेट पुर्यउनका लागि तीनवटा योजना अघि सारेको थियो । त्यसअन्तर्गतको अरू दुई प्याकेज अघि बढ्न सकेको छैन भने तेस्रो प्याकेजका लागि टेन्डर आह्वान गरिएको हो ।